ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा « Khabarhub

ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

रसुवा- नेपाल–चीनबीचको सीमा क्षेत्र ल्हेन्दे खोलामा निर्माणाधीन मितेरी पुल(बेलिब्रिज) पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको सो पुलमा आवश्यक पार्टपुर्जा जडान र पिलर ठड्याउने काम पूरा भइसकेको जनाइएको छ।

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पक्की मोटोरेबल पुल बगाएपछि चीन सरकारले पुनःनिर्माणको जिम्मा लिएको हो।

निर्माणस्थलमा हाल वारीपारीको भाग जडान पूरा हुँदै गर्दा पुलको बीच भाग लच्किएपछि थप स्थायित्वका लागि चिनियाँ प्राविधिक टोलीले खोलाको माझमा नयाँ पिलर निर्माण कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।

उनका अनुसार कामको तीव्रता हेर्दा यही कात्तिक १५ गतेसम्म पुल सञ्चालनमा आउने सम्भावना रहेको छ। सीमाक्षेत्रका समकक्षी चिनियाँ अधिकारीहरूले औपचारिक सञ्चालन मिति भने अद्यावधिक नगरेको पन्थीले बताए।

व्यवसायीहरूले पुल पुनः सञ्चालनमा आएपछि नेपाल–चीनबीचको व्यापार व्यवसाय सहज हुने विश्वास व्यक्त गरेका छन्।

त्यस्तै, पुल सञ्चालनसँगै मालसामान आयात पुनः सुरु हुने भएकाले भन्सार कार्यालयले आवश्यक तयारी पूरा गरेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  १० : ०३ बजे

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल

सोमबारदेखि मानव अधिकार महाभेला

पाटन– मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट

क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश 

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जेल चलान