तनहुँमा ८ हजार ३६६ मतदाता थपिए « Khabarhub

तनहुँमा ८ हजार ३६६ मतदाता थपिए


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता अभियान सञ्चालन गरिएकोमा जिल्लामा आठ हजार ३६६ मतदाता थपिएका हुन् ।

गत असोज ९ देखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकोमा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार कार्यालयमै पुगेर तीन हजार २०० जनाले नाम दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या एक हजार ३८२ र पुरुषको सङ्ख्या एक हजार ८१८ रहेको छ । यस्तै राष्ट्रिय परिचयपत्रमार्फत पाँच हजार १६६ जनाले नाम दर्ता गराएका छन् ।

राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता सक्ने व्यवस्था गरिएपछि मतदातालाई सहज भएको छ । कार्यालयमा पुगेरभन्दा धेरै मतदाताले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएको कार्यालयले जनाएको छ ।

यसैगरी नौ सय छ जनाले ठाउँसारी र दुई सय ९७ जनाले त्रुटि सच्याउनका लागि कार्यालयमा निवेदन दिएको लम्सालले बताए ।

तनहुँमा दुईवटा मतदान केन्द्र थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक–एक मतदान केन्द्र रहेकामा थप एक–एक मतदान केन्द्र थप्न आवश्यक रहेकाले सोहीबमोजिम आयोगमा पठाइएको जानकारी दिए । जिल्लाका दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र छन् । (रासस)

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : १८ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण