हुम्लाका तीन स्थानीय तहमा चिकित्सकीय सेवा « Khabarhub

हुम्लाका तीन स्थानीय तहमा चिकित्सकीय सेवा


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हुम्ला– कर्णाली प्रदेश सरकारले दुर्गम हिमाली जिल्ला हुम्लाका तीन स्थानीय तहमा चिकित्सकको व्यवस्था गरेको छ । यहाँका स्थानीय तहबाटै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिकित्सक खटाइएको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार खार्पुनाथ, सर्केगाड र अदानचुली गाउँपालिकामा चिकित्सा जनशक्तिको व्यवस्था गरेको बताए ।

खार्पुनाथ गाउँपालिकामा डा. डिजेल यादव, सर्केगाडमा डा. ईश्वरी पौडेल र अदानचुलीमा डा. गणेश जैसीले सेवा प्रदान गर्ने छन् ।

यहाँका स्थानीय तहमा चिकित्सकको अभाव भइरहेकाले प्रदेश सरकारले स्वास्थ्य सेवा सहज बनाउने लक्ष्यअनुसार यो पहल अघि बढाएको बताइएको छ ।

यसबाट गाउँपालिका तहमा आधारभूत स्वास्थ्य सेवा सुदृढ हुने अपेक्षा गरिएको छ । गाउँमै चिकित्सक पाउँदा यहाँका नागरिक पनि उत्साहित भएका छन् । सामान्य रोगका लागि लाखौँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास यहाँका नागरिकको छ । (रासस)

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ११ : ०४ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण