पाँच महिनादेखि केरुङ नाका ठप्प (तस्बिरहरू)  « Khabarhub

पाँच महिनादेखि केरुङ नाका ठप्प (तस्बिरहरू) 


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरुङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीनबिचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द छ ।

बाढीमा धेरैले  ज्यान गुमाए भने  ट्रक र कन्टेनरहरू बाढीले बगाउँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति  ब्यहोर्नु पर्‍याे । 

बाढीका कारण  नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन् ।

नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरू  बाढीपछि चीनतर्फ नै अड्किएका कारण  पाँच महिना बितिसक्दा पनि ढुवानी सञ्चालन हुन सकेको छैन जसका कारण व्यवसायीहरूले आर्थिक सङ्कट झेली रहनु परेको छ ।

यसरी नाका क्षेत्र महिनौँदेखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न समेत सकेको छैन । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनाका लागि  १३ अर्ब ५३ करोड राजस्वको सङ्कलन लक्ष्य रहेको थियो ।

बाढीले मितेरी पुल, भन्सार यार्ड तथा सडकमा क्षति गर्दा यस नाकाबाट पाँच महिनामा महिनामा झण्डै १४ अर्ब  भन्दा बढी राजस्व गुम्न पुगेको छ ।

काठमाडौँबाट करिब १३२ किमिको दूरीमा पर्ने यो नाका राजस्व सङ्कलनको हिसाबले देशको पाँचौँ ठूलो भन्सार कार्यालयको रुपमा रहेको थियो । उत्तरी छिमेकी चीनतर्फको महत्त्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुँदै गएको यो नाका ल्हेन्दे नदीमा आएको भीषण बाढीसँगै अहिले ठप्प छ ।

चीनतर्फबाट तत्कालका लागि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नेपाल तर्फ अवरोध भएका सडकहरू खुलिसकेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ११ : ५१ बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी