श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु « Khabarhub

श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र शान्तिको पावन उद्देश्यसहित पशुपतिनाथमा रहेको शङ्कराचार्य मठमा श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएको छ ।

महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमनानन्द गिरीको सत्सङ्कल्पमा उक्त श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएको हो । 

महेश संस्कृत गुरुकुलम देवघाटको आयोजनामा गरिएको उक्त महायज्ञ यही मङ्सिर १४ गतेसम्म सञ्चालन हुने गुरुकुलका अध्यक्ष रमणानन्द गिरीले जानकारी दिए ।

पशुपतिनाथले आफ्नो रुद्रस्वरूप ग्रहण नगरी शिवभाव÷शान्तस्वरूप धारण गर्नुहोस् र राज्यमा शान्ति कायम होस् भन्ने पावन सङ्कल्पका साथ राधाकृष्णमय ब्रह्मतत्त्व (अभेदेन पशुपतितत्त्व)को उपासना गर्न सप्ताहव्यापी भागवत महायज्ञको आयोजना गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।

भागवत महायज्ञको पूर्वसन्ध्यामा शङ्कराचार्य मठ पशुपतिमा पशुपतितत्त्व विमर्श तथा विद्वत्सभा आयोजनासमेत गरिएको छ । 

उक्त सभामा विद्वद्गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक शिक्षाध्यक्ष न्यायतन्त्रादीशास्त्रका विशिष्ट प्राध्यापक विद्यानाथ उपाध्याय, न्याय तथा वेदान्तदर्शनका मूर्धन्य प्रा डा दीर्घराज घिमिरे, वेदान्तदर्शन तथा धर्मशास्त्र पुराणादिका व्याख्याता प्राध्यापक भवानीप्रसाद खतिवडा, गुरुकुल प्रवर्द्धन समाजका अध्यक्ष तथा भागवतका कुशल प्रवक्ता आचार्य कपिलदेव सुवेदी, नेपाली भाषा साहित्यका कुशल समालोचक तथा संस्कृतका आधिकारिक विद्वान् प्रा डा ध्रुवप्रसाद भट्टराईलगायतका दर्जनौँ विद्वान व्यक्तित्वको सहभागिता तथा सयौँ अध्यात्मप्रेमी तथा सत्सङ्गानुरागीको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १२ : ०८ बजे

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ

पहिलोपटक आहा रारा पोखरा गोल्डकप फ्लडलाइटमा

पोखरा- पोखरा रंगशालामा पहिलोपटक फ्लडलाइटमा फुटबल खेलाइएको छ । मोफसलको