क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनः निर्माण सुरु « Khabarhub

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनः निर्माण सुरु


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । 

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनः निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो । 

बाढीपहिरोले  सडकका विभिन्न खण्ड बगाएपछि गत सालदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो । 

क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनः निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार काभ्रेपलाञ्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मङ्गलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरु गरिएको हो । 

ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । अबको पुनः निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । 

‘पुनः निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ’, योगेशले भने । 

उनका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ । डालाबेंसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनः निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित) रुपैयाँमा निर्माण गर्नेगरी ठेक्का पाएको कार्यालयले जनाएको छ । 

यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव शून्य आठ किमी सडक पुनः निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको हो । 

नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि  ६१ करोड (भ्याटसहित) रुपैयाँमा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ । 

क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडक भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ । 

यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार यस खण्डको पुनः निर्माणका लागि जापानले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको जनाएको छ ।

कार्यालयले क्षतिग्रस्त सडकखण्डको स्थायी पुनः निर्माणका लागि दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको योगेशले बताए । उनले भने, ‘निर्धारित समयमै काम सम्पन्न गर्नेगरी मङ्सिरको सुरुआतदेखि नै स्थायी पुनः निर्माण थालिएको हो ।’ 

क्षतिग्रस्त खण्ड पुनः निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई  एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो । 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : ३२ बजे

गभर्नर पौडेललाई बर्खास्त गर्न जेन-जी युनाईटेडको माग

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने

विधान महाधिवेशनको मसी सुक्न नपाउँदै निर्णयमा तोडमोड, नेता व्यवस्थापनका नाममा दशौँमै फर्किए ओली

काठमाडौं- शुक्रबार बसेको सचिवालय बैठकले फेल गरेको प्रस्ताव अध्यक्ष केपी

आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्तिलाई

अष्टलक्ष्मी र युवराज अब एमालेको केन्द्रीय समितिबाट बाहिरिने

काठमाडौं– एमाले उपाध्यक्ष द्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीको

पक्की पुल निर्माणले नागरिकलाई सहज बनायो

गुल्मी– लामो समयको प्रतीक्षापछि गुल्मीको पश्चिम क्षेत्रमा पक्की पुल निर्माण