गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस् « Khabarhub

गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ ।  

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेन-जी टु नामक समूहका प्रतिनिधिहरूले जेन-जी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको हो । 

त्यस्तै भाद्र २४ गते जने-जीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरूले माग गरेका छन् । 

जेन-जी २.० समूहका प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीको छलफलका क्रममा जेन-जी आन्दोलनमा भएका घटनाको दोषीलाई कारबाही गर्न माग गरिएको बताए । त्यस्तै आगामी निर्वाचन सरकारलाई सहयोग गर्न तत्पर रहेको आफूहरूले बताएको उनले बताइ ।

लिम्बुले आफूहरूको समूहको देशभर विस्तार गरिएको जानकारी दिए । जेन-जी टुले आगामी मंसिर १२ गते माइतीघरमा शहीदहरूको सम्झनामा मौनधारण गर्दै गृहमन्त्री लगायत अन्य मन्त्रीहरूलाई माइतीघरमा नै जेन-जीका मुद्दा तथा मागसहित ज्ञापन पत्र हस्तान्तरण गर्ने जनाएको छ । 

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : ५४ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार