निर्वाचनका लागि आयोगमा दर्ता भयो कांग्रेस, अब एमालेमात्रै बाँकी « Khabarhub

निर्वाचनका लागि आयोगमा दर्ता भयो कांग्रेस, अब एमालेमात्रै बाँकी


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले यही माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन् ।

शनिबार मात्रै पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट सोमबार निर्वाचन प्रयोजनका लागि कांग्रेस दलका रुपमा आयोगमा दर्ता भएको हो ।

उता कांग्रेससँग भदौ २४ गतेसम्म सत्ता सहकार्यमा रहेको नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छैन । एमाले राष्ट्रियसभाको निर्वाचनका लागि दर्ता भइसकेको छ ।

एमालेले भदौ २७ गते भएको संसद् विघटन असंवैधानिक भन्दै पुनःस्थापनाको लागि हस्ताक्षर संकलन गरेको छ ।

प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर एमालेले न्यायिक प्रक्रियामा जाने निर्णय पनि गरेको छ । उसले महेश बर्तौला र सुनिता बराललाई सर्वोच्च अदालतमा मुद्दा लैजान खटाएको छ।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने पक्षमा छन् । प्रतिनिधिसभा फर्किएपछि आफू प्रधानमन्त्री नहुने बताएका ओलीले निष्पक्ष निर्वाचन नहुने जिकिर गरिरहेका छन् ।

एमाले नेतृत्वले निर्वाचनबाट नभाग्ने बताउँदै दुई दिनयता काठमाडौंमा ठूला प्रदर्शन गरेको छ। अन्तरिम सरकारले निर्वाचनको वातावरण बनाए भाग लिन तयार रहेको कुरा एमालेले बताइरहेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनमा जाने तर वातावरण बनाउनुपर्ने अडान लिएका छन् ।

फागुन २१ को निर्वाचनका लागि आयोगले दल दर्ताको समय आगामी मंसिर १० गतेसम्मलाई तोकेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : ४२ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा