नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास « Khabarhub

नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालकेा नेता महेश बस्नेतलाई विराटनगर विमानस्थलमा आइतबार बिहान रातो मसी फ्याँकेर आक्रमण प्रयास गर्ने युवाहरू नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका सदस्यहरू रहेको खुलेको छ ।

विराटनगर विमानस्थलबाट उत्रिएर युवा संघको कोशी प्रदेशस्तरीय भेलामा भाग लिन सुनसरीको इटहरीतर्फ जाने क्रममा बस्नेत सवार गाडीमा बेलुनमा भरेर रातो मासी हान्ने दुवैजना युवा नेपाल विद्यार्थी संघका स्थानीय नेता भएको खुलेको हो ।

बस्नेतले आफूमाथि आक्रमण गर्नेहरू नेविसंघको महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति सञ्जोग गौतम र सदस्य अर्पित कुँवर रहेका खुलेको बताएका छन् । उनले आफूलाई आक्रमण गर्ने दुवैजना नेविसंघ कार्यकर्ता रहेको जानकारी कांग्रेसकै नेताहरूबाट प्राप्त भएको खुलाएका छन् ।

विराटनगरविमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो । मसी प्रहार गर्ने विराटनगर १ का सन्जोग गौतम र विराटनगर २ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

बस्नेत सवार गाडीमा रातो मसी हान्ने गौतम नेपाल विद्यार्थी संघ मोरङ जिल्ला कमिटीका सदस्यसमेत रहेको खुलेको छ। गौतमलाई डा. शेखर कोइराला र गगन थापा समूहले महेन्द्र मोरङ क्याम्पसको नेविसंघ इकाइ सभापति बनाएका थिए ।

यी दुवैजनालाई एमाले कार्यकर्ताहरूको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  २ : २० बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को