महेश बस्नेतमाथि आक्रमण प्रयासबारे दुजाङले भने- नेविसंघलाई बदनाम गर्नेहरूमाथि कारबाही हुन्छ « Khabarhub

महेश बस्नेतमाथि आक्रमण प्रयासबारे दुजाङले भने- नेविसंघलाई बदनाम गर्नेहरूमाथि कारबाही हुन्छ


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले मोरङको विराटनगरमा नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा आक्रमण गर्ने कार्यकर्तालाई कारबाही हुने बताएका छन् ।

नेविसंघको महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति सञ्जोग गौतम र सदस्य अर्पित कुँवरले बस्नेतमाथि आक्रमण प्रयास गरेको खुलेपछि शेर्पाले यस्तो बताउका हुन् ।

आक्रमण गर्ने दुवैजना नेविसंघ कार्यकर्ता रहेको जानकारी कांग्रेसकै नेताहरूबाट प्राप्त भएको खुलाएका बस्नेतले बताइसकेका छन् ।

विराटनगर विमानस्थलबाट उत्रिएर युवा संघको कोशी प्रदेशस्तरीय भेलामा भाग लिन सुनसरीको इटहरीतर्फ जाने क्रममा बस्नेतमाथि आक्रमण प्रयास भएको थियो । सुरूमा जेन-जीको आक्रोशित समूहले आक्रमण गरेको बताइए पनि नेविसंघका नेताहरू जाइलागेको पाइएको छ ।

यस्तोमा सभापति शेर्पाले एमाले र अखिलसँ सयौँ विमतिहरू भए पनि नेविसंघका कार्यकर्कताको यो हर्कत स्वीकार्न नसकिने बताएका छन् ।

‘लोकतन्त्रमा विरोध सबैको अधिकार हो तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन’, उनले भनेका छन्, ‘संगठनको नाम दुरूपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ ।’

बस्नेत सवार गाडीमा रातो मसी हान्ने गौतम नेपाल विद्यार्थी संघ मोरङ जिल्ला कमिटीका सदस्यसमेत रहेको खुलेको छ। गौतमलाई डा. शेखर कोइराला र गगन थापा समूहले महेन्द्र मोरङ क्याम्पसको नेविसंघ इकाइ सभापति बनाएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  २ : ३६ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको