‘दलभित्रका मठाधीशलाई धूपबत्ती गर्ने संस्कार तोड्न नयाँ बाटो हिँड्यौँ’ « Khabarhub

‘दलभित्रका मठाधीशलाई धूपबत्ती गर्ने संस्कार तोड्न नयाँ बाटो हिँड्यौँ’


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणासभामा नेता जनार्दन शर्माले पुराना दलले रूपान्तरण गर्न नसकेकाले नयाँ विकल्पको आवश्यकता परेको बताएका छन् ।

शर्माले जेन-जी आन्दोलनपछि पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा सुधारका संकेत नदेखिएपछि नयाँ दल गठन गरिएको स्पष्ट पारेका छन् । उनले पुराना दलहरू नातावाद, कृपावाद र भ्रष्टाचारमा गुम्सिएको आरोप पनि लगाए।

राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एकता घोषणासभामा शर्माले जनयुद्ध लडेका माओवादीले पनि आफ्नो क्रान्तिकारी छवि जोगाउन नसकेको टिप्पणी गरे।

‘कांग्रेसले ४५ वर्ष, एमालेले ३५ वर्ष र माओवादीले करिब १७ वर्ष सत्ता चलाए। तर ती दलहरू जनताको अपेक्षाअनुसार रूपान्तरण हुन सकेनन्,’ उनले भने, ‘दलभित्रका मठाधीशलाई धूपबत्ती गर्ने संस्कार तोड्न हामी नयाँ बाटोमा हिँडेका हौँ।’

शर्माले नेपालको सात दशकको दलिय यात्राबारे संक्षिप्त समीक्षा पनि प्रस्तुत गरे। नेपालको राजनीतिक यात्राको समीक्षाका क्रममा उनले २००४ सालमा कांग्रेस र २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएको स्मरण गरे । उनीहरूको संयुक्त बलमा २०४६ सालको लोकतान्त्रिक आन्दोलनले बहुदलीय अभ्यासलाई मजबुत बनाएको उनले बताए ।

राणा शासन, पञ्चायती व्यवस्था र पछि राजतन्त्रको अन्त्यमा कांग्रेस, एमाले, माओवादी र मधेश तथा आदिवासी–जनजाति आन्दोलनले निर्णायक भूमिका खेलेको उनले बताए ।

‘इतिहासमा ठूलो योगदान पुर्‍याएका यी दलहरू सत्तामा पुगेपछि क्रान्तिकारी चरित्र गुमाउँदै गए। देश अहिले चरम भ्रष्टाचार, विभेद, यथास्थितिवाद र परिणामहीन शासनमा फसे’, उनले भने, ‘हजारौँ वर्षदेखि कायम जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय विभेद हटाउन आवश्यक नीतिगत तथा संस्थागत सुधार पुराना दलले गर्न सकेनन् ।’

शर्माले अत्यधिक राजनीतिकरण, दण्डहीनता, कमजोर राज्य संयन्त्र र संविधान निर्माण प्रक्रियामा दलीय स्वार्थ हाबी हुँदा जनताको म्यान्डेट कमजोर पारिएको आरोप लगाए।

‘नियन्त्रित लोकतन्त्र र जनवादको प्रयोगले दलहरू आफैँ चलेनन्। नागरिकले खोजेको परिवर्तन रोकिएको छ,’ उनले भने, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी त्यसैको प्रतिवादका रूपमा नयाँ विकल्प बन्ने गरी आएको छ। ’

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ०३ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ