‘दलभित्रका मठाधीशलाई धूपबत्ती गर्ने संस्कार तोड्न नयाँ बाटो हिँड्यौँ’ « Khabarhub

‘दलभित्रका मठाधीशलाई धूपबत्ती गर्ने संस्कार तोड्न नयाँ बाटो हिँड्यौँ’


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणासभामा नेता जनार्दन शर्माले पुराना दलले रूपान्तरण गर्न नसकेकाले नयाँ विकल्पको आवश्यकता परेको बताएका छन् ।

शर्माले जेन-जी आन्दोलनपछि पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा सुधारका संकेत नदेखिएपछि नयाँ दल गठन गरिएको स्पष्ट पारेका छन् । उनले पुराना दलहरू नातावाद, कृपावाद र भ्रष्टाचारमा गुम्सिएको आरोप पनि लगाए।

राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एकता घोषणासभामा शर्माले जनयुद्ध लडेका माओवादीले पनि आफ्नो क्रान्तिकारी छवि जोगाउन नसकेको टिप्पणी गरे।

‘कांग्रेसले ४५ वर्ष, एमालेले ३५ वर्ष र माओवादीले करिब १७ वर्ष सत्ता चलाए। तर ती दलहरू जनताको अपेक्षाअनुसार रूपान्तरण हुन सकेनन्,’ उनले भने, ‘दलभित्रका मठाधीशलाई धूपबत्ती गर्ने संस्कार तोड्न हामी नयाँ बाटोमा हिँडेका हौँ।’

शर्माले नेपालको सात दशकको दलिय यात्राबारे संक्षिप्त समीक्षा पनि प्रस्तुत गरे। नेपालको राजनीतिक यात्राको समीक्षाका क्रममा उनले २००४ सालमा कांग्रेस र २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएको स्मरण गरे । उनीहरूको संयुक्त बलमा २०४६ सालको लोकतान्त्रिक आन्दोलनले बहुदलीय अभ्यासलाई मजबुत बनाएको उनले बताए ।

राणा शासन, पञ्चायती व्यवस्था र पछि राजतन्त्रको अन्त्यमा कांग्रेस, एमाले, माओवादी र मधेश तथा आदिवासी–जनजाति आन्दोलनले निर्णायक भूमिका खेलेको उनले बताए ।

‘इतिहासमा ठूलो योगदान पुर्‍याएका यी दलहरू सत्तामा पुगेपछि क्रान्तिकारी चरित्र गुमाउँदै गए। देश अहिले चरम भ्रष्टाचार, विभेद, यथास्थितिवाद र परिणामहीन शासनमा फसे’, उनले भने, ‘हजारौँ वर्षदेखि कायम जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय विभेद हटाउन आवश्यक नीतिगत तथा संस्थागत सुधार पुराना दलले गर्न सकेनन् ।’

शर्माले अत्यधिक राजनीतिकरण, दण्डहीनता, कमजोर राज्य संयन्त्र र संविधान निर्माण प्रक्रियामा दलीय स्वार्थ हाबी हुँदा जनताको म्यान्डेट कमजोर पारिएको आरोप लगाए।

‘नियन्त्रित लोकतन्त्र र जनवादको प्रयोगले दलहरू आफैँ चलेनन्। नागरिकले खोजेको परिवर्तन रोकिएको छ,’ उनले भने, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी त्यसैको प्रतिवादका रूपमा नयाँ विकल्प बन्ने गरी आएको छ। ’

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ०३ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको