चलचित्र विधेयकमाथि छलफल : बोर्डलाई स्वतन्त्र र स्वायत्त बनाउनुपर्नेमा जोड « Khabarhub

चलचित्र विधेयकमाथि छलफल : बोर्डलाई स्वतन्त्र र स्वायत्त बनाउनुपर्नेमा जोड


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्रकर्मीहरूले चलचित्र विकास बोर्डलाई स्वतन्त्र र स्वायत्त बनाउनुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा उनीहरूले पछिल्लो समय चलचित्र मनोरञ्जनसँगै उद्योगका रूपमा स्थापित भएकाले राज्यले सोहीअनुसार प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका हुन्  ।

समितिमा चलचित्र विधेयक, २०२६ लाई परिमार्जन गर्न सरोकार भएकाहरूसँग सुझाव सङ्कलन गरिएको थियो । सुझाव सङ्कलनका क्रममा आज चलचित्रकर्मी, निर्देशक, कलाकार, निर्मातालगायत चलचित्र उत्पादनसँग सम्बन्धित विभिन्न नौ सङ्घसंस्थाका प्रतिनिधिले बैठकमा सुझाव दिएका हुन् ।

चलचित्र निर्देशक केपी पाठक, कलाकार एवं निर्माता खगेन्द्र लामिछाने, चलचित्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समिर बलामीलगायतले नेपाली चलचित्रलाई अन्य देशसँग सम्झौता गर्ने नीति अवलम्बन गर्नुपर्ने धारणा राखे । नेपालको चलचित्र जाँचबुझ समिति(सेन्सर बोर्ड) लचिलो र  सहज हुनुपर्ने उनीहरूको माग थियो । 

पत्रकार बलामीका अनुसार पछिल्लो समय चलचित्रले राज्यलाई दिने राजस्वमा वृद्धि आएको जनाउँदै चलचित्रको क्षेत्रमा राज्यको लगानी अपर्याप्त रहेको बताए ।

निर्माता सङ्घका महासचिवसमेत रहेका कलाकार लामिछानेले अरु देशमा उद्योग व्यवसायका लागि सम्झौता हुने गरेको उदाहरण दिँदै नेपालमा यस्तो अभ्यास हुन आवश्यक रहेकामा जोड दिए । 

चलचित्र नेपाल कलाकार सङ्घका मोहन निरौलाले चलचित्र विकास बोर्ड स्वायत्त रूपमा सञ्चालन हुनेपर्ने बताए। छलफलपछि चलचित्रसँग सम्बन्धित नौवटा संस्थाले बनाएका प्रतिवेदन सभापति तुलसाकुमारी दाहाललाई हस्तान्तरण गरेका छन् । 

सभापति दाहालले आज बुझाइएको प्रतिवेदनमाथि आवश्यक संशोधन गरेर सात दिनभित्र अन्तिम प्रतिवेदन बुझाउन आग्रह गरिन् ।

उनले विधान समितिमा मङ्सिर ९ गतेदेखि चलचित्र विधेयक उपर दफाबार छलफल हुने जानकारी दिइन् । त्यसपछि राष्ट्रियसभामा विधेयक छलफल हुने बताइन् । 

उनले यसबीच सरोकार भएकासँग राय सुझाव लिएर चलचित्रको हकअधिकारसम्बन्धी विधेयक बनाउन समितिले जोड दिएको पनि बताइन् ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ५३ बजे

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय