धनुषामा कारले ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

धनुषामा कारले ठक्कर दिँदा एक जनाको मृत्यु


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- धनुषाको मिथिला नगरपालिका–२ हजराचौक जनकपुर ढल्केवर सडक खण्डमा आइतबार कारले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

बा प्र ०१– ०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका १ लक्ष्मी निवासका अन्दाजी ४६ वर्षकी सुमिन्त्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए ।

दुर्घटनामा महतोका श्रीमान ५० वर्षे राजकुमार घाइते भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक सर्लाही लालबन्दी–६ का  १८ वर्षे दिवस कार्कीलाई नियन्त्रणमा लिइ ढल्केवर इलाका प्रहरी कार्यालयमा राखिएको छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : ०२ बजे

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय