फुट्यो अशोक राई नेतृत्वको जसपा : राजेन्द्र श्रेष्ठसहित ६ नेता नेकपामा समाहित हुँदै « Khabarhub

फुट्यो अशोक राई नेतृत्वको जसपा : राजेन्द्र श्रेष्ठसहित ६ नेता नेकपामा समाहित हुँदै


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ। मधेशवादी दलसँग या नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने विवादमा यो पार्टी फुटेको हो ।

नेताहरूबीच मतभेद हुँदा एउटा समूह पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेकपामा मिसिने निश्चित भएको छ। यो विवादमा नेताहरूबीच मतभेद चर्किएपछि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेताहरूले नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने निर्णय गरेका छन्।

जसपाका संघीय परिषद् अध्यक्ष श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बू र परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञपरिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णकार र केन्द्रीय अनुसन्धान आयोगका अध्यक्ष कृष्णबहादुर घजु नेकपामा समाहित हुन राजीनामा दिएका छन् ।

उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर नेकपा एकताका सन्दर्भमा कार्यकारिणी बैठक नबोलाएको भन्दै पार्टीबाट राजीनाम दिएर कात्तिक १९ गते ब नेको दलमा समाहित हुने निर्णय गर्न पुगेको बताएका छन् ।

विचार मिल्ने राजनीतिक परिवर्तनका शक्तिहरूसँग मिलेर उपलब्धिहरूको रक्षा र थप उपलब्धि प्राप्तिका लागि संघर्ष गर्नुपर्ने अवस्था आएकाले आफूहरूले नेकपासँग एकता गरेको जानकारी अध्यक्ष राईलाई गराइएको छ ।

जसपामा प्रदीप यादव, नवलकिशोर शाह लगायतका नेताहरूले मधेसी दलसँग एकता तथा मोर्चा कसेर जानुपर्ने अडान राखेका थिए। नेकपासँग एकता गर्न अशोक राई पनि इच्छुक रहे पनि अहिले त्यो अवस्था बनेन । यही विवादमा राईला छाडेर श्रेष्ठसहितका नेता प्रचण्डतिर लागेका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : २८ बजे

एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा रहेको आरोपमा आठ जना भारतीय पक्राउ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका

‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’

कैलाली– नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले जनअधिकारको रक्षा

विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको सार्वजनिक

सर्वोच्च अदालतमा आगो लगाउनेमध्येका दुईजना समातिए

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका