फुट्यो अशोक राई नेतृत्वको जसपा : राजेन्द्र श्रेष्ठसहित ६ नेता नेकपामा समाहित हुँदै « Khabarhub

फुट्यो अशोक राई नेतृत्वको जसपा : राजेन्द्र श्रेष्ठसहित ६ नेता नेकपामा समाहित हुँदै


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ। मधेशवादी दलसँग या नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने विवादमा यो पार्टी फुटेको हो ।

नेताहरूबीच मतभेद हुँदा एउटा समूह पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेकपामा मिसिने निश्चित भएको छ। यो विवादमा नेताहरूबीच मतभेद चर्किएपछि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेताहरूले नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने निर्णय गरेका छन्।

जसपाका संघीय परिषद् अध्यक्ष श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बू र परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञपरिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णकार र केन्द्रीय अनुसन्धान आयोगका अध्यक्ष कृष्णबहादुर घजु नेकपामा समाहित हुन राजीनामा दिएका छन् ।

उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर नेकपा एकताका सन्दर्भमा कार्यकारिणी बैठक नबोलाएको भन्दै पार्टीबाट राजीनाम दिएर कात्तिक १९ गते ब नेको दलमा समाहित हुने निर्णय गर्न पुगेको बताएका छन् ।

विचार मिल्ने राजनीतिक परिवर्तनका शक्तिहरूसँग मिलेर उपलब्धिहरूको रक्षा र थप उपलब्धि प्राप्तिका लागि संघर्ष गर्नुपर्ने अवस्था आएकाले आफूहरूले नेकपासँग एकता गरेको जानकारी अध्यक्ष राईलाई गराइएको छ ।

जसपामा प्रदीप यादव, नवलकिशोर शाह लगायतका नेताहरूले मधेसी दलसँग एकता तथा मोर्चा कसेर जानुपर्ने अडान राखेका थिए। नेकपासँग एकता गर्न अशोक राई पनि इच्छुक रहे पनि अहिले त्यो अवस्था बनेन । यही विवादमा राईला छाडेर श्रेष्ठसहितका नेता प्रचण्डतिर लागेका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : २८ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ