नेताको भ्रष्टीकरण, परिवारवाद र कुर्सीको खेलका कारण जेन-जी आन्दोलन भयो : जनार्दन शर्मा « Khabarhub

नेताको भ्रष्टीकरण, परिवारवाद र कुर्सीको खेलका कारण जेन-जी आन्दोलन भयो : जनार्दन शर्मा


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधिशको भक्ति गर्न छाडेर नयाँ पार्टीमा सामेल भएको बताएका छन् । 

आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा शर्माले राजनीतिक दलका नेता तथा कार्यकर्ताको भ्रष्टिकरण, परिवारवाद, सत्ताको कुर्सीको खेलका कारण देश अर्थराजनीतिको संकटको भूमरीमा परेका कारण युवाहरुमा चरम निराशा छाएको र त्यसका कारण जेन-जी आन्दोलन भएको बताए । 

संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन नसकेको उनले बताए  । 

उनले पार्टीले निकट भविष्यमा राजनीतिक पुनर्संरचना सम्मेलनको आयोजना गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : ४२ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार