एमालेको भोलेन्टियर्स फोर्सले भन्यो : सुदन गुरुङलाई नपक्रिए प्रतिरोध गर्छौँ « Khabarhub

एमालेको भोलेन्टियर्स फोर्सले भन्यो : सुदन गुरुङलाई नपक्रिए प्रतिरोध गर्छौँ


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) को युवा दस्ता ‘नेशनल भोलेन्टियर्स फोर्स’ले ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ।

फोर्सले आइतबार विज्ञप्ति जारी गरेर गुरुङलाई पक्राउ नगरिए परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै चेतावनी दिएको हो ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार अपराधीलाई सजाय दिलाउनभन्दा पनि संरक्षणमा बढी केन्द्रीत बनेको दावी गरिएको छ ।

पछिल्लो केही दिनयता विभिन्न जिल्लामा एमाले नेताहरूमाथि योजनाबद्ध आक्रमणको प्रयास भइरहेको बताउँदै फोर्सले भनेको छ, ‘कथित नेता भनिने सुदन गुरुङको अराजक समूहले जितपुरसिमरा उपमहानगरपालिका-४ स्थित औराहमा रहेको एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर गुण्डागर्दीशैलीमा परिवारका सदस्य तथा पुनःनिर्माणमा खटिएका कामदारलाई धम्याएकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

फोर्सका कमाण्डर पुष्पराज श्रेष्ठले जेन-जी आन्दोलनको क्रममा सरकारी कार्यालयदेखि निजी घरमा आगजनी गर्ने घटनाका मुख्य योजनाकार सम्राट उपाध्याय रहेको दाबी गरेका छन् ।

उनलाई तत्काल पक्राउ गरेर यसअघि समातिएका एमालेका जनप्रतिनिधिलाई रिहा गर्न पनि पत्रमा माग गरिएको छ ।

‘हामी नेपाल’क संस्थापक गुरुङले अवस्था भड्किने किसिमका अभिव्यक्ति दिदैँ हिँडिरहेका छन् । उनैले फेरि एमाले नेता महेश बस्नेतसहितलाई पक्राउ गर्न माग गर्दैछन् ।

उनले गृहमन्त्री ओमप्रकाश अर्याल अक्षम भएको भन्दै राजीनामा दिन दबाब दिइरहेका छन्

बस्नेतलाई पक्राउ गर्न उनले गृहमन्त्री अर्याललाई निरन्तर दबाब दिएका छन् । बस्नेतलाई पक्राउ गर्न नसेकेको भन्दै उनले गृहमन्त्रीलाई ‘निरिहमन्त्री’ भनेका छन् । गृहमन्त्री अर्याललाई उनले एमाले हो कि जस्तो लाग्न थालेको टिप्पणी पनि गरिरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ३२ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक