दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश « Khabarhub

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।

सर्वोच्चमा परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै आइतबार उनलाई रिहा गर्न न्यायाधीशहरू नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आदेश दिएको हो ।

यसअघि बिहीबार सर्वोच्च अदालतले प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको थियो ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले आज मेडिकल व्यवसायी प्रसाईंलाई थुन्नुको आधार र कारणसहित अदालतमा उपस्थित गराउन भनेको थियो ।

बुबालाई गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए ।

प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्या‍उने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको थियो ।

उनले दिएका आक्रमक अभिव्यक्तिले शान्तिमा खलल पुग्ने भन्दै प्रहरीले गत सोमबार मध्यराति भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो। प्रसाईंका सुरक्षा सहयोगी दीपक खड्का पनि हिरासतमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ४७ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा