४ महिनामा ६ खर्ब बढीको वस्तु आयात, १६ अर्बको मोबाइल र १५ अर्बको सुन आयो « Khabarhub

४ महिनामा ६ खर्ब बढीको वस्तु आयात, १६ अर्बको मोबाइल र १५ अर्बको सुन आयो


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा ६ खर्ब बढीको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात भएकोमा समीक्षा अवधिमा १८.७१ प्रतिशतले बढी अर्थात् ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।

समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात पनि वृद्धि भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालबाट ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँको वस्तु निर्यात भएकोमा समीक्षा अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

समीक्षा अवधिमा आयात र निर्यात दुवै वृद्धि हुँदा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको व्यापार घाटा ११.९९ प्रतिशतले वृद्धि भएको छ । 

आयात निर्यातमा सोयाबिन अगाडि, मोबाइल १६ अर्ब बढीको आयात

समीक्षा अवधिमा नेपालमा ३७ अर्ब ९६ करोड ४२ लाख रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ र डिजेल ३१ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ । त्यस्तै, समीक्षा अवधिमा १६ अर्ब १५ करोड १८ लाख रुपैयाँ बराबरको मोबाइल र १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै अर्थात् ३८ अर्ब ४३ करोड ३ लाख रुपैयाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ निर्यात भएको छ । त्यस्तै, सो अवधिमा ठूलो अलैँची ३ अर्ब ९७ करोड ४३ लाख, कार्पेट ३ अर्ब २६ करोड ४० लाख र सुर्यमुखी तेल २ अर्ब ७३ करोड २८ लाख रुपैयाँको निर्यात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : १८ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज