जसपा, राष्ट्रिय मुक्ति र नाउपा नेपाल मिलेर निर्वाचनमा जाने, चुनाव चिह्न जाँतो « Khabarhub

जसपा, राष्ट्रिय मुक्ति र नाउपा नेपाल मिलेर निर्वाचनमा जाने, चुनाव चिह्न जाँतो


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा गठबन्धन बनाएर लड्ने भएका छन्।

तीन दलले आइतबार काठमाडौंमा एक सहमति पत्रमार्फत संयुक्त रूपमा चुनावमा जाने निर्णय गरेका हुन् ।

सहमति अनुसार तीनै पार्टीले नागरिक उन्मुक्ति पार्टी नेपालमा दर्ता रहेको जाँतो (चकिया) चिह्नलाई साझारुपमा प्रयोग गर्नेछन्।

यी साना तीन दलले समान विचारधारा र लक्ष्य भएका अन्य राजनीतिक शक्तिहरूलाई पनि यही साझा चिह्नमा समाहित हुन आह्वान गरेका छन्।

सहमति पत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले हस्ताक्षर गरेका छन्।

यस कदमलाई दलहरूले विस्तारै तीव्र बाइपोलर हुँदै गएको राष्ट्रिय राजनीतिमा वैकल्पिक गठबन्धन निर्माणको प्रयासका रूपमा अघि सारेका छन्।

आइतबार मात्रै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ नेता छुट्टिँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : ३२ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय