महेश बस्नेत सवार गाडीमा रङ छ्याप्ने दुई युवा रिहा « Khabarhub

महेश बस्नेत सवार गाडीमा रङ छ्याप्ने दुई युवा रिहा


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ प्रहार गरेपछि पक्राउ परेका दुई युवा छुटेका छन्।

आइतबार बिहान विराटनगर विमानस्थल सडकनजिकै दुई युवाले बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका थिए।

रङ प्रहार गरेपछि प्रहरीले अर्पित कुँवर र संजोग गौतम पक्राउ परेका थिए। उनीहरू दुवै आइतबार साँझ छुटेको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

बस्नेत इटहरीमा भएको पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा विराटनगर विमास्थलबाट गाडीमा बाहिरिँदै गर्दा आक्रमणको प्रयास भएको थियो।

ती दुवै युवा भने नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको पनि खुलेको छ। उनीहरु नेविसंघको नेता भएको खुलेपछि केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले फेसबुकबाटै कारबाहीको चेतावनी दिएका थिए।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ९ : ५० बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ