मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ।

गुर्भाकोट नगरपालिका–६ बस्ने आनन्द शर्मालाई प्रहरीको विशेष टोलीले शनिबार राति पक्राउ गरेको हो।

गुर्भाकोट नगरपालिका–११ स्थित लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मोहनजंग बुढाथोकीले जानकारी दिए।

शर्मालाई सुर्खेत जिल्ला अदालतले नौ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला कार्यान्वयनका लागि उनलाई निरन्तर खोजी भइरहेको थियो। उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै जिल्ला अदालत सुर्खेतमा पेस गरिएको सुर्खेत प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : १७ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल