तिङ्लाको सुक्खा पहिरोको अध्ययन गर्न भूगर्भविद्को टोली खटिए « Khabarhub

तिङ्लाको सुक्खा पहिरोको अध्ययन गर्न भूगर्भविद्को टोली खटिए


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा हिउँदमा गएको सुक्खा पहिरोको अध्ययन गर्न भू-गर्भविदको टोली खटिएको छ ।

सोलु खोलामाथि सारेलोक चौरमा लगातार पहिरो जाँदा दुई सय रोपनी खेतीयोग्य जमिन बगाएको छ भने सिंगो बस्ती नै जोखिम परेपछि उक्त क्षेत्रको अध्ययनका लागि भूगर्भविदको टोली आएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले जानकारी दिए।

राष्ट्रिय विपद् जोखिम न्युनीकरणबाट ४ जनाको टोलीले भोलिसम्म अध्ययन गर्ने उल्लेख गरिएको छ। त्यस क्षेत्रको भुगोलको अवस्था, पहिरो जानुका कारण लगायतका विषयमा अध्ययन गर्ने प्रजिअ पााण्डेले बताए।

सोलु खोलामाथि रहेको तिङ्लामा करिब साढे १ किलोमिटर जमिन नै पहिरोले बगाउँदा बस्तीमा जोखिम बढेको हो। स्थानीयले धान रोप्दै आएको खेत बगाउँदा आधा दर्जन घरपरिवार जमिनविहीन हुन पुगेका छन्।

गत वर्ष मंसिर ५ गतेबाट सुरू भएको पहिरो गाउँसम्म आइपुगेपछि स्थानीयको निद्रा हराएको छ। पहिरो पछि स्थानीय सरकार र संघीय सरकारले चाँडै भूगर्भविद्को टोली झिकाएर स्थलगत रूपमा जमिनको अध्ययन गर्ने प्रतिवद्धता जनाएका थिए।

भूगर्भविद्को अध्ययनपछि बस्ती स्थानान्तरणबारे निचोडमा पुग्ने जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : ४५ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल