भारतद्वारा सेसेल्सलाई ३.५ टन औषधि सहयोग « Khabarhub

भारतद्वारा सेसेल्सलाई ३.५ टन औषधि सहयोग


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले हिन्द महासागरमा अवस्थित मुलुक सेसेल्सलाई ३.५ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । भारतले मुटुरोग, मधुमेह, पाचनरोगविरुद्धका औषधिका साथै भिटामिन र अन्य पोषण तत्वहरु सेसेल्सलाई प्रदान गरेको हो ।

यो सामग्री सेसेल्सका राष्ट्रपति डा. पेट्रिक हेर्मिनीको उपस्थितीमा भारतका उच्च आयुक्त रोहित रतिशले हस्तान्तरण गरेका हुन् । यसबारे सेसेल्समा रहेको भारतीय उच्चायुक्तको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएको छ ।

यसअघि अक्टोबर महिनाको शुरुवातमा भारतीय उपराष्ट्रपति सीपी राधाकृष्णनले सेसेल्सको भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा भारतले महासागर नीति ग्लोबल साउथ मुलुकप्रतिको प्रतिबद्धता दोहो¥याएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उपराष्ट्रपति सीपी राधाकृष्णनले आफ्नो भ्रमणका क्रममा सेसेल्सको समुद्री छिमेकी मौरिससका राष्ट्रपति डा. रविचन्द रामगुलामसँग पनि भेटवार्ता गरेका थिए । सो क्रममा उनले सेसेल्समा रहेका भारतीय समुदायसँग पनि अन्तरक्रिया गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ३७ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको