भारतद्वारा सेसेल्सलाई ३.५ टन औषधि सहयोग « Khabarhub

भारतद्वारा सेसेल्सलाई ३.५ टन औषधि सहयोग


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले हिन्द महासागरमा अवस्थित मुलुक सेसेल्सलाई ३.५ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । भारतले मुटुरोग, मधुमेह, पाचनरोगविरुद्धका औषधिका साथै भिटामिन र अन्य पोषण तत्वहरु सेसेल्सलाई प्रदान गरेको हो ।

यो सामग्री सेसेल्सका राष्ट्रपति डा. पेट्रिक हेर्मिनीको उपस्थितीमा भारतका उच्च आयुक्त रोहित रतिशले हस्तान्तरण गरेका हुन् । यसबारे सेसेल्समा रहेको भारतीय उच्चायुक्तको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएको छ ।

यसअघि अक्टोबर महिनाको शुरुवातमा भारतीय उपराष्ट्रपति सीपी राधाकृष्णनले सेसेल्सको भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा भारतले महासागर नीति ग्लोबल साउथ मुलुकप्रतिको प्रतिबद्धता दोहो¥याएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उपराष्ट्रपति सीपी राधाकृष्णनले आफ्नो भ्रमणका क्रममा सेसेल्सको समुद्री छिमेकी मौरिससका राष्ट्रपति डा. रविचन्द रामगुलामसँग पनि भेटवार्ता गरेका थिए । सो क्रममा उनले सेसेल्समा रहेका भारतीय समुदायसँग पनि अन्तरक्रिया गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ३७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका