काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गरिएको आगजनी र सिंहदरबारभित्र बन्दै गरेको नयाँ संसद भवनको निर्माण कार्य अहिलेसम्म पनि सम्पन्न नहुँदा सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि सभा हल निर्माणको कार्य तीव्र पारिएको छ ।
सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक हकलाई मर्मत र बिस्तार गरी राष्ट्रियसभा बस्ने गरी व्यवस्था मिलाउने काम भइरहेको छ ।
निर्माणाधीन सो बैठक कक्षमा बैठक हलसँगै राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसद जाने बाटो पनि तयार गरिँदैछ भने दर्शकदीर्घा, सञ्चारकर्मी बस्ने गरी तयारी गरिँदै छ ।
सो सभा हल पुस १५ भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । बैठक कक्ष निर्माण सम्पन्न भइसकेपछि माइक र क्यामेरा जडान कार्य अगाडि बढाइने छ ।














तस्बिर : नेपाल फोटो लाइब्रेरी ।













प्रतिक्रिया