राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू) « Khabarhub

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गरिएको आगजनी र सिंहदरबारभित्र बन्दै गरेको नयाँ संसद भवनको निर्माण कार्य अहिलेसम्म पनि सम्पन्न नहुँदा सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि सभा हल निर्माणको कार्य तीव्र पारिएको छ ।

सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक हकलाई मर्मत र बिस्तार गरी राष्ट्रियसभा बस्ने गरी व्यवस्था मिलाउने काम भइरहेको छ ।

निर्माणाधीन सो बैठक कक्षमा बैठक हलसँगै राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसद जाने बाटो पनि तयार गरिँदैछ भने दर्शकदीर्घा, सञ्चारकर्मी बस्ने गरी तयारी गरिँदै छ ।

सो सभा हल पुस १५ भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । बैठक कक्ष निर्माण सम्पन्न भइसकेपछि माइक र क्यामेरा जडान कार्य अगाडि बढाइने छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १० : ३३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई