हेटौंडाका सडक विस्तार पीडित उत्रिए माइतीघरमा (तस्बिरहरू) « Khabarhub

हेटौंडाका सडक विस्तार पीडित उत्रिए माइतीघरमा (तस्बिरहरू)


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेटौंडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजासहित विरोध प्रदर्शन गरेका छन् ।  सडक विस्तारका लागि सरकारले निजी सम्पत्ति माथि डोजर चलाएको र पीडितलाई उचित क्षतिपूर्ति समेत उपलब्ध नगरेको उनीहरूको गुनासो छ ।

सो विषयमा सरकारले कुनै पनि माग सम्बोधन नगरेको हुनाले हेटौडाबाट माइतीघरमा आई प्रदर्शनी गर्नु परेको हेटौडा बसोबास संरक्षण समितिका सदस्य भुवन श्रेष्ठले जानकारी दिए ।

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहाँका स्थानीयहरूले प्रदर्शन गरेका हुन् । 

माइतीघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे बाजा बजाएर विरोध प्रदर्शन गरेका हुन् ।  

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १२ : ०२ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई