एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु « Khabarhub

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ । उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो ।

गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन । किसानले उखु काटेर  पुर्याउन नसक्दा उद्योगलाई उखु अपुग भएको हो ।

‘हामीले क्रसिङ खोल्यौँ, तर क्षमताअनुसार उखु निकै कम आएको छ’, उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले भने, ‘यसले गर्दा रोकीरोकी क्रसिङ गर्नुपरेको छ ।’ दैनिक ५५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहे पनि उद्योगमा पहिलो दिन १५ हजार क्विन्टल उखु आएको उनको भनाइ छ । उद्योगलाई कम्तीमा पनि घानमै ३० हजार क्विन्टल उखु चाहिने उनले बताए ।

किसानले अहिलेको मौसमको प्रतिकूलताले उखु कटानमा समस्या भएको बताएका छन् ।

सरकारले यसपालि गत मङ्सिर २२ गते उखुको मूल्य निर्धारण गरेको थियो । यस वर्षका लागि उद्योगले प्रतिक्विन्टल ६२० र सरकारले अनुदानबापत ७० रुपैयाँ दिने तोकेको छ । यो गत वर्षभन्दा ७० बढी हो ।

गत वर्ष उखुको मूल्य ५८५ र अनुदान ३५ रुपैयाँसहित किसानले प्रतिक्विन्टल ६२० रुपैयाँ पाएका थिए । यसपालिलाई उखुको मूल्य र अनुदानसहित ७५० पाउनुपर्ने माग राख्दै आएका किसानले थोरै भए पनि भाउ बढ्दा सन्तोष देखाएका छन् ।

जिल्लामा यसपालि नौ हजार ६०० बिघामा उखुखेती गरिएको छ । यसमध्ये पाँच हजार बिघाको खुट्टी (दोस्रो वर्षको बाली) र चार हजार ६०० बिघाको मुडन (पहिलो वर्षको बाली) रहेको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाको भनाइ छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : ३६ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा