आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह « Khabarhub

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ ।

दहमा १२ कुना भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको हो । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ ।

लुम्बिनी प्रदेशको एउटा नमूनाका रुपमा रहेको छ । यो धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिने गरेको छ । बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुनेमा बसेको भन्ने किंवदन्ती छ ।

तुलसीपुर उपमहानगरपालिका– १७ की सीता पन्थी साथीहरूसँग बाह्रकुने दह घुम्न आएको भेटिइन् । टोलका आमा समूहबाट रमाइलो गरौँ भनेर वनभोज खान बाह्रकुने आएको उनको भनाइ छ ।

‘तुलसीपुरमा हेरिरहेका धेरै ठाउँ थिए, घोराहीको बाह्रकुने हेर्ने अवसर मिलेको थिएन यहाँ आउँदा धेरै रमाइलो लाग्यो’, पन्थीले भनिन्, ‘वनभोज खाने,  नाचगान गरेर रमाइलो गर्नेको भिडभाड नै हुने रहेछ । यहाँको मन्दिर वरिपरिको वातावरण रमाइलो रहेछ, मन्दिर छेउमा रहेको तालमा डुङ्गा सयर गर्दा झनै आनन्द आयो ।’

घोराही उपमहानगरपालिका– १८ का मुना पोखरेलले शनिबार विद्यार्थी लिएर बाह्रकुने आएको बताइन् । घोराही बजारको नजिकै रहेको र यातायातको सुविधा भएकाले बिदाको दिन भएर होला धेरै भिडभाड भएको उनको भनाइ छ । वनभोज खानेको उपस्थिति झनै धेरै देखियो ।

बाह्रै महिना यहाँ भक्तजनको भिडभाड हुने गर्छ त्यसमा पनि मङ्सिरदेखि माघमा यहाँ धेरै भक्तजन आउने गरेको बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष देवबहादुर घर्तीले जानकारी दिए ।

यहाँ विशेषगरी निःसन्तान दम्पती सन्तानका लागि बर माग्न आउने गर्दछन् । यहाँ अन्य समयमा भन्दा माघेसङ्क्रान्तिमा निकै भीडभाड हुने गर्दछ । यहाँ १२ वटा आकारमा निर्मित प्राकृतिक ताल रहेको छ ।

यसैबीच, बाह्रकुने दहको उत्तरतिर रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्य दिनभन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक त्यहाँ आउने गरेको ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आएका वीरजङ्ग पुनले बताए ।

जङ्गलबीचमा सुन्दर पर्यटकीय गन्तव्यका रुपमा रहेको तालमा जिल्ला र बाहिरबाट घुम्न आन्तरिक पर्यटक आउने गरेको पुनले बताए । उनका अनुसार पछिल्लो समय दैनिक सरदर २०० देखि ३०० जनासम्म घुम्न आउने गरेका छन् । (रासस)

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १२ : ११ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको