पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न « Khabarhub

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरूमा चित्रकला कार्यशाला एवं अन्तरक्रिया सम्पन्न भएको छ ।
 
प्रतिष्ठानको सहकार्यमा पर्वतको भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिका र फलेवास–५ ले सोमबार आयोजना गरेको ‘पालिकास्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशाला’ तथा ललितकला अन्तरक्रिया कार्यक्रममा विद्यार्थीलाई कला र सीपबारे प्रशिक्षण दिइएको थियो ।  
 
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ललितकलाका विविध आयाम, क्षेत्रको चर्चा गर्दै यस क्षेत्रको उत्थान, प्रवर्द्धनमा प्रतिष्ठानले काम गर्दै आएको र ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गर्दै देशका सबै ललितकलाकर्मी तथा नवपुस्तालाई समेट्न यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए ।
 
नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले ललितकलालाई गाउँगाउँसम्म पुर्‍याउन संस्कृति र कला पर्यटनको प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

भवानी विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले विद्यार्थीको सिर्जनात्मक प्रतिभाको उजागरका लागि यस किसिमको प्रतियोगिताले थप ऊर्जा थप्ने बताउँदै प्रतिष्ठानसँगको सहकार्यमा यस्ता कार्यक्रम गर्न पाउँदा खुसी लागेको धारणा राखे ।

मच्छिन्द्र शाक्य र शर्मिला खनाल प्रशिक्षक रहेको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य राधिका कँडेल, नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत कृष्णप्रसाद आचार्य तथा नगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकलगायतको सहभागिता रहेको थियो । 

सो अवसरमा स्थानीय कलाकारको सहभागितामा कला कार्यशाला तथा  डिजिटल कला प्रदर्शनीसमेत गरिएको थियो ।  

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १२ : १६ बजे

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

बाँके– बाढी, डुबान, कटान र आगलागीलगायत विपद्को जोखिममा रहेको बाँकेको

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन