अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु « Khabarhub

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री बोकेको विमान दुर्घटना ग्रस्त भए पछि कम्तिमा पाँच जनाको मृत्यु भएको सेनाले जनाएको छ ।

मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रुहरू सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्ति मार्फत जनाएको  छ । सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट दुई जना यात्रुहरू बाच्न सफल भएको जनाइएको छ ।  

अमेरिकी तटरक्षकको खोजी प्रयासका बावजुद उक्त उडानमा  रहेका एक जना व्यक्ति अझै बेपत्ता रहेको सचिवालयले जनाएको छ ।

विमान टेक्सासको ग्यालभेस्टन नजिक पुग्दा दुर्घटना भएको  जनाइएको छ । विशेष चिकित्सा वहाक मिसनलाई मेक्सिकन फाउन्डेसनसँग समन्वय गरिएको थियो जसले गम्भीर जलेका बच्चाहरूको हेरचाह गर्दछ ।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार विमानले मेक्सिकोको युकाटन राज्यको मेरिडाबाट उडान भरेको थियो भने अन्तिम पटक स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको ग्यालभेस्टन खाडीमा पुगेको जानकारी  रेकर्ड गरिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १ : १० बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया