राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने « Khabarhub

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग संवाद गर्न लागेका हुन् ।

यसका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई डाकेका छन् ।

छलफल राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार तीन बजेदेखि शुरु हुने तय भएको छ । छलफलमा आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे चर्चा हुने जनाइएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  २ : ३० बजे

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत