एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन  « Khabarhub

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार डा.अरुण शाहीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ । 

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एनएमएलाई पत्र लेख्दै बागमतीबाट उपाध्यक्षका उम्मेदवार बनेका डा.शाहीको उम्मेदवारी यथावत् राख्न भनेको हो । 

यसअघि निर्वाचन समितिले डा.शाहीको उम्मेदवारीमा रित नपुगेको भन्दै खारेज गरिदिएको थियो । निर्वाचन समितिको उक्त निर्णय गैरकानुनी भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

‘नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० को नियम विपरीत मनोमानी रुपमा विभिन्न सर्तहरू राखी लोकतान्त्रिक निर्वाचन प्रक्रियामा भाग लिनबाट वञ्चित गर्ने कार्य कानुन विपरीत भएको देखिदा उक्त नियमावली बमोजिम तोकिएको समय सिमाभित सक्कल वारेसनामा वा मन्जुरीनामाबाट उम्मेदवारी दर्ता गरेका चिकित्सकहरूलाई उक्त निर्वाचनमा सहभागी गर्न गराउन हुन आदेशअनुसार अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत जनक कोइरालाले संघलाई लेखेको पत्रमा छ । 

एनएमएको २ र ३ माघमा शाखा कार्यालय र १५, १६ र १७ माघमा केन्द्रीय कार्यालय काठमाडौंमा निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ५२ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी