मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन « Khabarhub

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यले मटिहानी नगरपालिकाले आजदेखि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको छ ।

नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवाहरूलाई एकीकृत रूपमा जनतासमक्ष पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बताएका छन्। उनले शिविरबाट स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे।

आज वडा नं १ सिर्सियाबाट प्रारम्भ गरिएको शिविर क्रमशः सबै वडाहरूमा सञ्चालन गरिने जनाइएको छ ।

शिविरमा योजनासम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त संकलनलगायतका सेवा प्रदान गरिएको छ ।
 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : ०३ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी