शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन « Khabarhub

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात प्रयोग गरी ठगीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार ललितपुर महानगरपालिका–१५ थसिखेल घर भई हाल काठमाडौं महानगरपालिका–२२ झोछे बस्दै आएका २३ वर्षीय समन श्रेष्ठलाई पक्राउ गरिएको हो।

उनलाई मंगलबार काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार समन श्रेष्ठले लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्ति पाएको भन्दै नक्कली नियुक्ति पत्र तयार गरी सरकारी कर्मचारीले लगाउने पोशाकसमेत प्रयोग गर्दै खुलेको छ।

उनले आफूले नपाएको ओहदाको परिचय दिँदै फाइदा लिन खोज्ने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानमा उनी सिंहदरबारसहित विभिन्न सरकारी निकायमा गई आफूलाई सरकारी अधिकृतको रूपमा प्रस्तुत गर्ने, आफैँ उपस्थित भएर वा फोनमार्फत सरकारी कर्मचारी भएको परिचय दिई सर्वसाधारणलाई प्रभावमा पार्ने तथा आर्थिक लाभ लिएर जागिर लगाइदिन्छु भन्दै ठग्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीबाट बागमती प्रदेश लोकसेवा आयोगबाट जारी गरिएको भन्दै शाखा अधिकृत पदको नियुक्ति पत्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अधिकृत पदमा नियुक्ति पुष्टिसम्बन्धी पत्र र परिचय पत्र, अर्थ मन्त्रालयबाट तलब भुक्तानीसम्बन्धी पत्रलगायतका नक्कली कागजात बरामद गरिएको छ।

पक्राउ परेका श्रेष्ठलाई सरकारी छाप तथा लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ६ : ५५ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी