शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन « Khabarhub

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात प्रयोग गरी ठगीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार ललितपुर महानगरपालिका–१५ थसिखेल घर भई हाल काठमाडौं महानगरपालिका–२२ झोछे बस्दै आएका २३ वर्षीय समन श्रेष्ठलाई पक्राउ गरिएको हो।

उनलाई मंगलबार काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार समन श्रेष्ठले लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्ति पाएको भन्दै नक्कली नियुक्ति पत्र तयार गरी सरकारी कर्मचारीले लगाउने पोशाकसमेत प्रयोग गर्दै खुलेको छ।

उनले आफूले नपाएको ओहदाको परिचय दिँदै फाइदा लिन खोज्ने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानमा उनी सिंहदरबारसहित विभिन्न सरकारी निकायमा गई आफूलाई सरकारी अधिकृतको रूपमा प्रस्तुत गर्ने, आफैँ उपस्थित भएर वा फोनमार्फत सरकारी कर्मचारी भएको परिचय दिई सर्वसाधारणलाई प्रभावमा पार्ने तथा आर्थिक लाभ लिएर जागिर लगाइदिन्छु भन्दै ठग्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीबाट बागमती प्रदेश लोकसेवा आयोगबाट जारी गरिएको भन्दै शाखा अधिकृत पदको नियुक्ति पत्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अधिकृत पदमा नियुक्ति पुष्टिसम्बन्धी पत्र र परिचय पत्र, अर्थ मन्त्रालयबाट तलब भुक्तानीसम्बन्धी पत्रलगायतका नक्कली कागजात बरामद गरिएको छ।

पक्राउ परेका श्रेष्ठलाई सरकारी छाप तथा लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ६ : ५५ बजे

दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने 

काठमाडौँ– नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को