खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर  « Khabarhub

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर 


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर निर्वाचित भएका छन् । 

मञ्चको बिहीबार सम्पन्न तेस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि आस्थाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । प्रतिस्पर्धी सुरज श्रेष्ठलाई नौ मतान्तरले पराजित गर्दै आस्था निर्वाचित भएका हुन् । 

यसैगरी, उपाध्यक्षमा राजाराम पौडेल, उपाध्यक्ष समावेशीमा उमा आलेमगर, महासचिवमा पर्शुराम शर्मा, सचिवमा राजु गिरी र कोषाध्यक्षमा विमल तिवारी निर्वाचित भए। मञ्चको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा सर्वसम्मत भए पनि अध्यक्ष, उपाध्यक्ष ९समावेशी०, महासचिव र सचिवमा निर्वाचन भएको थियो ।

यसैगरी, कार्यसमिति सदस्यमा कृष्ण दवाडी, गीता राना, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल निर्वाचित भए। नवनिर्वाचित अध्यक्ष आस्था मगरले खेलकुद विधामा कलम चलाइरहेका पत्रकारको क्षमता अभिवृद्धिका लागि योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाए।

मञ्चको अधिवेशन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरूको साझा संस्था हो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रूपमा स्तरोन्नति गर्दै २०७५ सालमा स्वायत्त संस्थाका रूपमा विकास गरिएको हो । 

मञ्चले खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम तथा खेल क्षेत्रमा कलम चलाउने पत्रकारको हकहित र सहयोगका लागि काम गरिरहेको छ । मञ्चले हरेक वर्ष भव्य समारोहबीच आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्डले खेल क्षेत्रमा अगाडि बढ्नेलाई उत्प्रेरणा दिने कार्य मात्र नगरी मञ्चप्रतिको आकर्षण बढाएको छ । 

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : ३३ बजे

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष