स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती « Khabarhub

स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– यहाँका केही किसानले व्यावसायिक रूपमा आलु खेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रूपमा आलु खेती थालेका हुन् । 

 यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गत वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो । 

‘जिल्लामा आलु खेती हुने क्षेत्रफल वृद्धि भएको छ, क्षेत्रफल वृद्धि हुँदा उत्पादन पनि वृद्धि हुन्छ’, उनले भने, ‘यस वर्ष पनि उत्पादन वृद्धि हुने सङ्केत देखिएको छ ।’

आलु खेती गर्ने किसानलाई स्थलगत प्राविधिक प्रशिक्षण, बीउ खरिदमा अनुदान, सिँचाइ, रोग कीरा व्यवस्थापन, ग्रेडिङ, प्याकिङ, भण्डारण र बजारीकरणका लागि ज्ञान केन्द्रले सहयोग गर्दै आएको उनले बताए।

जिल्लामा कृषक समूह, सहकारी व्यावसायिक फार्ममार्फत व्यक्तिगत र सामूहिक रूपमा आलु खेती गरिएको छ ।

‘विभिन्न जातका बीउ आलु उत्पादनमा स्याङ्जा आत्मनिर्भर रहेको छ, बीउ आलु जिल्लाबाट अन्यत्र पनि निर्यात हुने गरेको छ’, उनले भने, ‘खायन आलु जिल्लामा उत्पादन भएकाले नपुगेकाले अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था रहेको छ, व्यावसायिक आलु उत्पादनतर्फ किसान आकर्षित हुनेक्रम बढ्दै गएकाले उत्पादन पनि वृद्धि हुँदै जाने छ ।’

किसानले बीउ आलु छनोट गर्न सक्ने, उत्पादन भएपछि त्यसको भण्डारण र बजारीकरणका विषयमा पनि बुझ्दै गएकाले अबका वर्षहरूबाट किसानले सीधै बजारीकरण गर्न सक्ने बन्नेछन् । 

कुन हावापानी र भूगोलमा कुन जातको आलु लगाउँदा उपयुक्त हुन्छ सो अध्ययन गरेर बीउ सिफारिस गर्ने गरेको उनले बताए। जिल्लामा जनकदेव, खुमल उज्वल, कार्डिनल, एमएस ४५, रोजिटालगायतका उन्नत जातको बीउ आलु लगाउने गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : ४९ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत