गायन रियालिटी शो ‘नेपाल किड्स आइडल’ हुने, फागुनबाट अडिसन सुरु « Khabarhub

गायन रियालिटी शो ‘नेपाल किड्स आइडल’ हुने, फागुनबाट अडिसन सुरु


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालबालिका लक्षित गायन रियालिटी शो ‘नेपाल किड्स आइडल’ आयोजना हुने भएको छ ।

‘जय मिडिया मेनेजमेन्ट’को आयोजनामा सुरु हुन लागेको यस शोमा पाँच देखि १५ वर्ष उमेर समूहका बालबालिका सहभागी हुन पाउनेछन् ।

जय मिडियाका संस्थापक जय राज रायका अनुसार यस शोको अडिसन नेपालका सबै जिल्ला र भारतको सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा हुनेछ ।

फागुनबाट अडिसन सुरु हुने संस्थापक राय बताउँछन् । भन्छन्, ‘माघमै अडिसन सुरु गर्ने योजना थियो, प्राविधिक कारणले अलि ढिला अडिसन सुरु हुने भयो ।’

यस शोको विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रोले तीन लाख र चौथोले दुई लाख रुपैयाँ नगद पुरस्कार तोकिएको छ ।

शोको निर्णायक चाँडै सार्वजनिक गरिने रायले बताए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ३० बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ