हतियारसहित चार जना भारतीय पक्राउ « Khabarhub

हतियारसहित चार जना भारतीय पक्राउ


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले चार जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सीमावर्ती भारतीय सहर खटिमाका चार युवकलाई एक थान पेस्तोलसहित पक्राउ गरेको हो । 

कञ्चनपुर प्रहरीको प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले म्यागेजिन र पेस्तोलसहित खटिमाका जीवनसिंह जिमेवाल, कोमल बिष्ट, उमेदसिंह अधिकारी र सञ्जय जेठीलाई पक्राउ गरिएको जानकारी दिए । 

उनले महेन्द्रनगरबाट गड्डाचौकी नाका हुँदै भारत जान लागेको अवस्थामा जिमेवालले चलाइरहेको युके ०६ एआर ०८४६ नम्बरको कार शंकाका आधारमा चेकजाँच गर्दा हतियार फेला परेको बताए । 

कञ्चनपुर प्रहरीले उनीहरूmलाई माघ ९ गते (बुधबार) पक्राउ गरे पनि आज (शुक्रबार) मात्रै भारतीय नागरिक हतियारसहित पक्राउ परेको घटना सार्वजनिक गरेको हो ।     

प्रवक्ता जोशीले पक्राउ परेका भारतीय नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको बताएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १ : ३१ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत