पारिलो घामसँगै टल्किएका हिमाल (तस्बिरहरू) « Khabarhub

पारिलो घामसँगै टल्किएका हिमाल (तस्बिरहरू)


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो वर्षको हिउँद बित्न लाग्दा अहिलेसम्म नेपालमा माटो भिज्ने गरी पानी पर्न सकेको छैन । देशका केही उच्च भागमा हिमपात भए पनि अन्य भागलाई सुख्खाले सताउन थालेको छ ।

संघीय राजधानी काठमाडौं उपत्यकामा पानी पर्न सकेको छैन । तराईका जिल्लामा शीतलहर देखिए पनि काठमाडौंमा भने तापक्रम घटबढको क्रम जारी छ ।

बिहान र बेलुका निक्कै चिसो भए पनि दिउँसो समयमा पोल्ने गरी घाम लाग्ने गरेको छ। शुक्रबार दिउँसो काठमाडौं उपत्यकामा पारिलो घाम लागेको छ ।

काठमाडौं उपत्यकाको मौसम सफा हुँदा पारिलो घामका कारण उत्तरतिर हिमाल पनि टल्किएका छन् । काठमाडौं उपत्यका वरपरबाट हिमाल आकर्षक छन् । तर जलवायु परिवर्तनका कारण होचा हिमाल भने काला पत्थर बनिसकेको देखिन्छ ।

काठमाडौंबाट गणेश हिमाल, हिमालचुली र मनास्लु पनि देखिन्छ । ८ हजार १५६ मिटरमाथिको लाङटाङ हिमाल पनि देखिन्छ । काठमाडौंबाट देखिने अन्य हिमालहरूमा दोर्जेलाक्पा, फुरबी ग्याल्त्सो, गौरीशंकर पर्छन्।

फोटोहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  २ : ०२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी