पारिलो घामसँगै टल्किएका हिमाल (तस्बिरहरू) « Khabarhub

पारिलो घामसँगै टल्किएका हिमाल (तस्बिरहरू)


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो वर्षको हिउँद बित्न लाग्दा अहिलेसम्म नेपालमा माटो भिज्ने गरी पानी पर्न सकेको छैन । देशका केही उच्च भागमा हिमपात भए पनि अन्य भागलाई सुख्खाले सताउन थालेको छ ।

संघीय राजधानी काठमाडौं उपत्यकामा पानी पर्न सकेको छैन । तराईका जिल्लामा शीतलहर देखिए पनि काठमाडौंमा भने तापक्रम घटबढको क्रम जारी छ ।

बिहान र बेलुका निक्कै चिसो भए पनि दिउँसो समयमा पोल्ने गरी घाम लाग्ने गरेको छ। शुक्रबार दिउँसो काठमाडौं उपत्यकामा पारिलो घाम लागेको छ ।

काठमाडौं उपत्यकाको मौसम सफा हुँदा पारिलो घामका कारण उत्तरतिर हिमाल पनि टल्किएका छन् । काठमाडौं उपत्यका वरपरबाट हिमाल आकर्षक छन् । तर जलवायु परिवर्तनका कारण होचा हिमाल भने काला पत्थर बनिसकेको देखिन्छ ।

काठमाडौंबाट गणेश हिमाल, हिमालचुली र मनास्लु पनि देखिन्छ । ८ हजार १५६ मिटरमाथिको लाङटाङ हिमाल पनि देखिन्छ । काठमाडौंबाट देखिने अन्य हिमालहरूमा दोर्जेलाक्पा, फुरबी ग्याल्त्सो, गौरीशंकर पर्छन्।

फोटोहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  २ : ०२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको