सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु, अब पहिरोले नसताउने विश्वास « Khabarhub

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु, अब पहिरोले नसताउने विश्वास


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको पनि शुक्रबार ब्रेक थ्रु भएको हो । यसअघि तीनवटै बाइपासको ब्रेक थ्रु भइसकेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको यो सुरुङमार्ग निर्माणले एक वर्षयता तीव्रता पाएको थियो।

आयोजनाका अनुसार बाइपास सुरुङ ३ को गत भदौ २६ गते नै ब्रेक थ्रु भइसकेको थियो । त्यसपछि बाइपास सुरुङ १ को पनि गत असोज ४ गते ब्रेकथ्रु भएको थियो । मुख्य सुरुङसम्मको पहिलो बाइपास १ सय ५१ मिटर लामो छ भने तेस्रो १ सय ३० मिटर लामो छ ।

त्यसैगरी बाइपास सुरुङ २ को पनि यही पुस ७ गते ब्रेक थ्रु भएको थियो । १६१ मिटर लामो यो बाइपास सुरुङ २ पनि ब्रेक थ्रु भएपछि आयोजना निर्माणमा संलग्नहरू उत्साहित भएका थिए । यो सुरुङमार्ग २०७९ फागुनदेखि नै निर्माण थालिएको थियो ।

तर २०८० को बर्षातमा सुरुङमार्गको ढोकामाथिबाट पहिरो खसेपछि चार महिना काम रोकिएको थियो। रातको समयमा काम गरेर तीनवटै बाइपास सुरुमार्गको ब्रेक थ्रु गरिएको हो ।

आयोजनाका अनुसार मुख्य टनेल पनि शुक्बरार ब्रेक थ्रु भएको छ। तीनै बाइपासको टनेल ब्रेक थ्रु भएपछि मुख्य टनेलको काममा आयोजना लागेको थियो । जुन काम पनि चाँडै सफल भएपछि आयोजनाका अधिकारी खुसी भएका छन्।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकअन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब तीन किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले सुरुङमार्ग बनाइएको हो ।

एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग बनाउन चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले सात अर्ब ३४ करोड रुपियाँमा सम्झौता गरेर निर्माण थालेको थियो ।

सुरुङमार्ग बनेपछि यस क्षेत्रमा खस्ने पहिरो रोकिने विश्वास छ। यो सुरुङ बनेपछि सिद्धार्थ राजमार्ग हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँची, बागलुङलगायतमा आवतजावत सहज हुने छ ।

ब्रेक थ्रुपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल सम्बोधन गरे । मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको उनले बताए ।

ब्रेक थ्रुपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै सम्बोधन गर्दै पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताए । यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवम् आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना पनि उनले दिए ।

यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताए ।

कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत छन सोङलगायत सहभागी थिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ३ : ३९ बजे

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा एक लाख ८७ हजार

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल