जीवन बीमा खुम्चँदै, लघु बीमा विस्तार तीव्र « Khabarhub

जीवन बीमा खुम्चँदै, लघु बीमा विस्तार तीव्र


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा जीवन बीमा व्यवसाय सुधार हुन नसकेको देखिएको छ ।

अघिल्लो आवको दोस्रो त्रैमास अवधि तुलनामा ठूला जीवन बीमा कम्पनीको सक्रिय बीमालेख संख्यामा गिरावट आएको हो ।

निर्जीवन बीमा व्यवसायमा झिनो सुधार हुँदा निर्जीवनकै र जीवन बीमाका लघु कम्पनीले आफ्नो व्यवसायलाई निकै तीव्रताका साथ विस्तार गरेका छन् ।

लघु जीवन बीमाबाहेक जीवन बीमा कम्पनीहरूमा पुस मसान्तसम्म एक करोड ३३ लाख ७२ हजार १०९ वटा बीमालेख सक्रिय अवस्थामा छन् । गत आवको पुस मसान्तसम्म एक करोड ३७ लाख ४१ हजार ३५५ वटा सक्रिय बीमालेख थियो ।

चालु आवको पुस मसान्तसम्म लघु बीमा कम्पनी बाहेकका बीमा कम्पनीहरूले ८० अर्ब ६६ करोड ३८ लाख ४८ हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् । गत आवको पुस मसान्तसम्म ती कम्पनीले वैदेशिक रोजगारीको बाहेक ७४ अर्ब २२ करोड ६ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेका थिए ।

गत आवमा ठूला जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमा अन्तर्गत बीमालेखबाट एक अर्ब ४५ करोड ४५ लाख ४६ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

त्यस्तै, चालु आवको पुस मसान्तसम्म लघुबीमा कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या ६ लाख ६९ हजार २४४ वटा रहेको छ । ती कम्पनीहरूले यो अवधिसम्म वैदेशिक रोजगार बीमासहित ५१ करोड २९ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् ।

गत आवको सोही अवधिमा लघु जीवन कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या १४ हजार ४१ वटा रहेको थियो भने सो अवधिमा ती कम्पनीले वैदेशिक रोजगार बीमा बाहेक दुई करोड ५२ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेका थिए ।

तथ्याङ्क हेर्दा एक वर्षको अवधिमा लघु बीमा कम्पनीहरूले व्यवसायमा ठूलो फड्को मार्न सफल भएको देखिन्छ ।

एक वर्ष अवधिमा लघु जीवन बीमा कम्पनीहरू ६ लाख ५५ हजार १०३ वटा सक्रिय बीमा लेख संख्या थप्न सफल भएका छन् ।

त्यस्तै, यही अवधिमा ती कम्पनीले ठूलो मात्रामा बीमाशुल्क आम्दानी गर्न सफल भएको देखिन्छ ।

लघु निर्जीवन बीमा कम्पनीको व्यवसाय तीव्र विस्तार

तथ्याङ्कले पछिल्लो एक वर्ष अवधिमा निर्जीवन बीमा कम्पनीको व्यवसायमा झिनो मात्रै सुधार देखिएको छ ।

तर, सोही अवधिमा लघु निर्जीवन बीमा कम्पनीहरू आफ्नो व्यवसाय तीव्र गतिमा विस्तार गर्न सफल भएका छन् ।

चालु आवको पुस मसान्तसम्म लघु निर्जीवन बीमा कम्पनी बाहेका निर्जीवन बीमा कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ वटा बीमालेख जारी गरेका छन् ।

ती कम्पनीहरूले सो अवधिमा बीमाशुल्क बापत २० अर्ब ८८ करोड ३५ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

अघिल्लो आवको सोही अवधिमा ती कम्पनीहरूले १४ लाख २१ हजार ७६ वटा बीमालेख जारी गरेका थिए भने १९ अर्ब ३९ करोड ६० लाख २१ हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेका थिए ।

अघिल्लो आवको दोस्रो चौमासिक अवधिको तुलनामा चालु आवको दोस्रो चौमासिक अवधिमा ठूला निर्जीवन बीमा कम्पनीहरूको वीमा व्यवसायमा बीमाशुल्क बापत हुने आम्दानीमा केही वृद्धि भएको देखिन्छ ।

चालु आवको पुस मसान्तसम्म लघु निर्जीवन बीमा कम्पनीहरूले एक लाख ६८ हजार ४७१ वटा बीमालेख जारी गरेर ४२ करोड २९ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् ।

ती कम्पनीहरूले गत आवको पुस मसान्तसम्म भने चार करोड ५० लाख ६७ हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ३ : ५७ बजे

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रको गुनासो : नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै फरक रहेछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ

प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै

परराष्ट्रले भन्यो : पश्चिम एसिया द्वन्द्वबाट हालसम्म कोही नेपाली अप्ठ्यारोमा छैनन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा