भारतको रेल दुर्घटनामा ज्यान गुमाएका सात नेपालीको सनाखत (विवरणसहित) « Khabarhub

भारतको रेल दुर्घटनामा ज्यान गुमाएका सात नेपालीको सनाखत (विवरणसहित)


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली नागरिकहरूको सनाखत भएको छ ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै माघ ९ गते भएको रेल दुर्घटनामा ज्यान गुमाएका सात जना नेपाली नागरिकको सनाखत भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार; दुर्घटनामा परी कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी, अछाम मंगलसेनका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, अछामकै कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी र डन्डुवा बाँकेका राधेश्याम राधको ज्यान गएको हो ।

माघ ९ गते साँझ करिब ५ बजेर ५ मिनेट जाँदा भारतको महाराष्ट्र राज्यमा पर्ने जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै रेल दुर्घटना हुँदा सात जना नेपालीसहित १२ जनाको मृत्यु भएको थियो । 

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन र घाइतेहरूको शीघ्र उपचार गर्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत् भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय तथा सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चार जना नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ४ : ०५ बजे

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा एक लाख ८७ हजार

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल