प्रचण्डको दाबी- राष्ट्रपतिलाई महाभियोगको डर देखाएर कांग्रेस-एमालेले सरकार बनाए « Khabarhub

प्रचण्डको दाबी- राष्ट्रपतिलाई महाभियोगको डर देखाएर कांग्रेस-एमालेले सरकार बनाए


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

दाङ- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई महाभियोगको धम्की दिएपछि वर्तमान सरकार बनेको दाबी गरेका छन्।

दाङको तुलसीपुरमा आयोजित पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई शुक्रबार सम्बोधनका क्रममा दाहालले राष्ट्रपति पौडेलले संवैधानिक व्यवस्था बमोजिम संविधानको धारा ७६ (३) मा जान चाहँदा पनि कांग्रेस–एमाले नेताहरूको दवाबमा काम गर्नुपरेको जिकिर गरेका हुन् ।

वर्तमान सरकार संविधान मिचेर बनेको दाबी प्रचण्डले गरे । उनले केपी शर्मा ओली नेतृत्वको यो सरकार असंवैधानिक, जनविरोधी र गैरकानुनी रहेको जिकिर पनि गरेका छन् ।

कांग्रेसका नेता रहेका पौडेल आफ्नो कारण र पहलले राष्ट्रपति बनेको दाबी गर्दै प्रचण्डले त्यसबेला आफूसँग संविधान नमिच्ने बाचा गरेको पनि स्मरण गरे । कांग्रेस-एमाले मिलेपछि धर्म संकटमा परेर पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न बाध्य भएको दाहालको जिकिर थियो ।

‘अहिलेको राष्ट्रपति (रामचन्द्र पौडेल) बनेकै मेरो कारणले, माओवादीकै कारणले हो । उहाँले मलाई ढुक्क हुनुस् म संविधान मिच्न दिन्न भन्नु भएको थियो’, दाहालले भने, ‘राष्ट्रपतिजीले संविधान मिच्न चाहनु भएन । तर कांग्रेस र एमाले मिलेर महाभियोग लगाउने धम्की दिएपछि धर्म संकटमा परेर उपाधारा २ अनुसार सरकार गठन गर्न बोलाउनु भयो ।’

वर्तमान सरकार राष्ट्रपतिको डरका कारण बन्न पुगेको दाहालले बताए । भ्रष्टाचार प्रकरणमा केही ठूला आरोपी पक्राउ परेपछि पालो आउनले डरले कांग्रेस–एमाले मिलेर आफूलाई हटाएको उनले बताए ।

‘यो सरकार मैले प्रतिनिधि सभाको हलबाट भने जस्तै डरका कारण बनेको हो । केही फरार अभियुक्त पक्राउ परेपछि हाम्रो पालो आयो भन्ने बुझेर उनीहरूले गठबन्धन गरे’, कांग्रेस-एमालेबारे उनले भने, ‘एकदमै अपारदर्शी, आफ्नै पार्टीका नेतालाई थाहा नदिएर, जसविरुद्ध मैले अभियान थालेँ, उनै विचौलियाको घरमा मध्यराति १२ बजे सम्झौता गरेर यो सरकारबने को हो ।’

दाहालले आफू प्रधानमन्त्री भएकै बेला ‘मेरोविरुद्ध कुनै उजुरी भए छानबिन गर्नुस्’ भनेर प्रहरीलाई निर्देशन दिएको दाबीसमेत सम्बोधनका क्रममा गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ४ : ०९ बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा