सरकारी अस्पताल चलाउने कर्मचारीकै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा « Khabarhub

सरकारी अस्पताल चलाउने कर्मचारीकै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर, चितवन)मा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत एक कर्मचारीको शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) नै नक्कली रहेको पाइएको छ ।

अस्पतालकी वरिष्ठ सहायक कमला अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भेटिएपछि भ्रष्टाचार मुद्दा नै दायर भएको छ ।

अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उक्त उजुरी निवेदनमाथि अनुसन्धान हुँदा अधिकारीले प्रशासनतर्फ वरिष्ठ सहायक पदमा बढुवा प्रयोजनको लागि प्रमाणपत्र तहको झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदोन्नती भएको भेटिएको हो ।

अधिकारीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिई आज (शुक्रबार) विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

यसअघि पनि सोही अस्पतालको जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी मनसुन नेपालले बढुवा हुन प्रवेशिका तहको झुटा र नक्कली शैक्षिक कागजात पेश गरेको भेटिएको थियो ।

उनीविरुद्ध पनि आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

सम्बन्धित समाचार –

नक्कली सर्टिफिकेट देखाएर बढुवा खाएका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ४ : १८ बजे

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष