बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय « Khabarhub

बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ । 

चिकित्सालयले शनिबारलगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न रोगको उपचारका लागि आउने बिरामीलाई उपचार दिँदै आइरहेको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरले चिकित्सालयमा उपचारका लागि आउने बिरामीलाई अटुट सेवा दिनुपर्ने आवश्यकता भएपछि शनिबारलगायत अन्य बिदाको दिन पनि सेवा दिने कार्य गरेको जानकारी दिए । 

उनले भने, ‘कुनै बिरामीको लगातार उपचार गर्नुपर्ने हुन्छ, बिरामीलाई उपचारका क्रममा बीचमा कुनै दिन ‘ग्याब’ राखेर उपचार गर्ने गरेमा बिरामीको घाउ पाक्ने तथा समस्या देखिने भई बिरामीलाई असहज महसुस हुने तथा उपचार पद्धतिमा कठिनाइ हुने हुन्छ, जसका कारण बिदाको दिन पनि सेवा दिने गरिएको हो ।’

त्यस्तै बिरामीहरू टाढा टाढाबाट आउने र बिदा भएपछि घर फर्कनुपर्ने बाध्यतालाई दृष्टिगत गरी बिदामा पनि सेवा दिँदै आएको उनले बताए । 

प्रादेशिक आयुर्वेद चिकित्सालयमा हाल होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्स–रे, पूर्वकर्म, पञ्चकर्म, सिरोधारा, छारसूत्रद्वारा पायल्स, फिसर, फिस्टुला लगायतको उपचार सेवा रहेको डा ठाकुरले बताए  । सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा आयुर्वेदिक क्षेत्रमा पछाडि रहेको उनको भनाइ छ । 

‘मैले चिकित्सालयलाई मात्रै होइन यस प्रदेशको समग्र आयुर्वेदिक क्षेत्र सुधार गर्ने सोचेको छु, त्यसका लागि सुरुआत चिकित्सालय नै हो’, डा ठाकुरले भने । 

उनले शनिबारलगायत बीचमा कुनै पनि बिदा परेमा बिदाको दिन पनि चिकित्सालयमा आएर सेवा लिन सर्वसाधारणलाई अनुरोध गरेका छन् । 

सुदूरपश्चिम प्रदेशमा हाल एक प्रादेशिक आयुर्वेद चिकित्सालय, सात जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक अञ्चल आयुर्वेद, ४२ आयुर्वेद औषधालय र ३३ नागरिक आरोग्य सेवा केन्द्र रहेको बताइएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ४ : ३० बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा