घुस खुवाए, सरकारी साक्षी बनेर बयान फेरे, अहिले आफैँलाई मुद्दा ! « Khabarhub

घुस खुवाए, सरकारी साक्षी बनेर बयान फेरे, अहिले आफैँलाई मुद्दा !


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक मेडिकल सञ्‍चालकले सरकारी अस्पतालबाट भुक्तानी पाउन घुस खुवाएर सरकारी साक्षी बन्दै एकाएक बयान फेरेपछि भ्रष्टाचार मुद्दा लागेको छ ।

औषधि सप्लाई गरेबापत पाउनुपर्ने भुक्तानी लिन अप्लस मेडिकोका सञ्चालक नन्दलाल पौडेलले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी अमृता कोइरालालाई ६ लाख रुपैयाँ घुस दिएको भेटिएको थियो ।

सो घुस प्रकरण छानबिन क्रममा अनुसन्धान अधिकृतलाई सघाएपछि मेडिकल सञ्चालक पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीको रूपमा अदालतमा पेश गरेको थियो ।

भ्रष्टाचार प्रकरणमा घुस लिने र दिने दुबैलाई कारबाही गर्नुपर्नेमा अख्तियारले पौडेललाई अनुसन्धानमा सहयोग गरेको भन्दै सजायमा छुट दिइ सरकारी साक्षीको रूपमा अदालतमा पेश गरेको थियो ।

तर, विशेष अदालतमा पौडेलले अख्तियारलाई नै बुमर्‍याङमा पार्नेगरी उल्टो बकपत्र गरिदिए । उनले आयोगमा अनुसन्धानको क्रममा गरेको बयान ब्यहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार; पौडेलले औषधिको रकम भुक्तानी पाउन क्यान्सर अस्पतालकी कर्मचारी कोइरालालाई नद एक लाख ५० हजार रुपैयाँ र थप चार लाख ५० हजार रुपैयाँको चेक गरी जम्मा ६ लाख रुपैयाँ घुस/रिसवत दिएका थिए ।

उनले बयान फेरेपछि अख्तियार पुनः भ्रष्टाचार मुद्दा लिएर विशेष अदालतमा गएको हो । यसअघि सरकारी साक्षी बसेका कारण सजाय छुट गर्दै अदालतमा पेश गरिएका पौडेलविरुद्ध आयोगले निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुर लगाएको छ ।

निजलाई ६ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उक्त प्रकरणमा प्रतिवादी अमृता कोइरालाले घुस/रिसवतबापत लिइसकेको ६ लाख रुपैयाँ बिगोसमेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन पनि आयोगले विशेष अदालतमा मागदाबी गरेको छ ।

घुस लिने कोइराला र दिने पौडेल दुबैविरुद्ध आयोगले आज (बिहीबार) काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ४ : ४८ बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा