प्रचण्डको अपिल- हामी गल्ती सच्याउँछौँ, ८४ मा बहुमत दिनुहोस्  « Khabarhub

प्रचण्डको अपिल- हामी गल्ती सच्याउँछौँ, ८४ मा बहुमत दिनुहोस् 


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

दाङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् ।

माओवादी केन्द्रले  तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने -‘ हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याउछौं । तपाईँहरूले पनि आफ्नै छोराछोरी त हुन भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौँ ।’

उनले भने,’ त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर  फाल्ने छ । सामाजिक विभेदको अन्त्य गर्नेछ । न्याय स्थापित गर्नेछ र आर्थिक समृद्धिमा देश अगाडि बढ्ने छ । तपाईँहरूले जनयुद्ध, शान्ति प्रक्रिया,  भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको  अभियानमा साथ दिनुभयो । अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाइँमा तपाईँको साथ चाहियो ।’

तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमीकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टी प्रति सकारात्मक धारणा बन्दै गएकोसमेत दाबी गरे ।

सो सकारात्मक परिस्थिति सरकारबाट बाहिर निस्केपछि आफूले देशभर गरेको अभियानमा जनताले देखाएको माया, पार्टी प्रवेशको बाट पुष्टि भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘सरकारबाट बाहिरिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । देश र जनताको पक्षमा काम गर्ने सङ्कल्प लिएको कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर आएको छ । देशभर  विभिन्न पार्टीका नेता कार्यकर्ता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ ।’

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ०४ बजे

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा एक लाख ८७ हजार

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल