इरानी राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र, यस्तो छ दुई देशको सम्बन्ध | Khabarhub Khabarhub

इरानी राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र, यस्तो छ दुई देशको सम्बन्ध


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालसमेत हेर्ने गरी भारतका लागि नवनियुक्त इरानी राजदूत डा. इराज इलाहीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

बिहीबार नै नेपालका लागि जापान, तुर्कमेनिस्तान र जनवादी लोकतान्त्रिक गणतन्त्र लाओसका राजदूतले पनि ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

जापानका मेडा तोरु, तुर्कमेनिस्तानका शालार गेल्डिनाजारोभ, आलोसका बाउन्मी भ्यान्मानी र इरानका राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटेल दूषित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहित बग्गीमा सवार गराइएको थियो ।

नेपालसमेत हेर्ने गरी जिम्मेवारी पाएका राजदूत इलाही सन् २०२२ देखि भारतमा कार्यरत छन् । अर्थशास्त्रमा स्नातकोत्तर र फ्युचर स्टडिज म्यानेजमेन्डमा पीएचडी गरेका उनले भारतसँगै नेपाल पनि हेर्ने गरी जिम्मेवारी पाएका हुन् ।

पछिल्लो समय विश्व भूराजनीतिमा इरान शक्तिशाली बन्दै गएको छ । खासगरी अमेरिका र पश्चिमा विरोधी धुरीको अगुवा देशका रुपमा इरान छ ।

इरानले नेपालको छिमेकी देश भारतसँग व्यापारसहितको सम्बन्ध बढाउँदै लगेको छ । ठूला तेल उत्पादकमध्ये एक इरान अहिले चीन, रसिया र भारतसहितका देशहरूसँग बलियो सम्बन्ध बनाएर अघि बढिरहेको छ ।

इरान-नेपाल सम्बन्ध

नेपाल र इरानबीच सन् १९६४ मा द्विपक्षीय सम्बन्ध स्थापना भएको थियो । त्यसबेला नेपाल र इरानबीच उच्चस्तरीय भ्रमण पनि हुने गरेको थियो ।

त्यसबेला इरानमा पनि राजतन्त्र थियो । राजतन्त्र भएकाले यी दुई देश निकट थिए । दुई देशबीच बलियो कूटनीतिक सम्बन्ध रहेको कुरा कूटनीतिज्ञहरू बताउँछन् ।

सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको भ्रमणका बेला इरान र नेपालले दुवै देशमा दूतावास खोल्ने सहमति गरेका थिए ।

सन् १९७८ मा इरानस्थित नेपाली दूतावासको पहिलो कार्यवाहक राजदूत ईश्वरीराज पाण्डे थिए । पाण्डेपछि केदारप्रसाद कोइराला र विश्वेश्वरप्रसाद रिमाल इरानका कार्यवाहक राजदूत भए ।

तर सन् सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भएसँगै त्यहाँको राजतन्त्र ढल्यो। राजतन्त्रको पतनसँगै इरानसँग नेपाल टाढियो । त्यसपछि सन् १९८१ मा इरानमा रहेको नेपाली दूताावस पनि बन्द हुन पुग्यो ।

इस्लामिक क्रान्तिपछि राजतन्त्र ढल्नु र राजनीतिक परिस्थित जटिल हुनुलाई राजदूतावास बन्दको कारणका रुपमा नेपालले ब्याख्या गर्ने गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ४७ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी