इरानी राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र, यस्तो छ दुई देशको सम्बन्ध « Khabarhub

इरानी राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र, यस्तो छ दुई देशको सम्बन्ध


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालसमेत हेर्ने गरी भारतका लागि नवनियुक्त इरानी राजदूत डा. इराज इलाहीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

बिहीबार नै नेपालका लागि जापान, तुर्कमेनिस्तान र जनवादी लोकतान्त्रिक गणतन्त्र लाओसका राजदूतले पनि ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

जापानका मेडा तोरु, तुर्कमेनिस्तानका शालार गेल्डिनाजारोभ, आलोसका बाउन्मी भ्यान्मानी र इरानका राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटेल दूषित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहित बग्गीमा सवार गराइएको थियो ।

नेपालसमेत हेर्ने गरी जिम्मेवारी पाएका राजदूत इलाही सन् २०२२ देखि भारतमा कार्यरत छन् । अर्थशास्त्रमा स्नातकोत्तर र फ्युचर स्टडिज म्यानेजमेन्डमा पीएचडी गरेका उनले भारतसँगै नेपाल पनि हेर्ने गरी जिम्मेवारी पाएका हुन् ।

पछिल्लो समय विश्व भूराजनीतिमा इरान शक्तिशाली बन्दै गएको छ । खासगरी अमेरिका र पश्चिमा विरोधी धुरीको अगुवा देशका रुपमा इरान छ ।

इरानले नेपालको छिमेकी देश भारतसँग व्यापारसहितको सम्बन्ध बढाउँदै लगेको छ । ठूला तेल उत्पादकमध्ये एक इरान अहिले चीन, रसिया र भारतसहितका देशहरूसँग बलियो सम्बन्ध बनाएर अघि बढिरहेको छ ।

इरान-नेपाल सम्बन्ध

नेपाल र इरानबीच सन् १९६४ मा द्विपक्षीय सम्बन्ध स्थापना भएको थियो । त्यसबेला नेपाल र इरानबीच उच्चस्तरीय भ्रमण पनि हुने गरेको थियो ।

त्यसबेला इरानमा पनि राजतन्त्र थियो । राजतन्त्र भएकाले यी दुई देश निकट थिए । दुई देशबीच बलियो कूटनीतिक सम्बन्ध रहेको कुरा कूटनीतिज्ञहरू बताउँछन् ।

सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको भ्रमणका बेला इरान र नेपालले दुवै देशमा दूतावास खोल्ने सहमति गरेका थिए ।

सन् १९७८ मा इरानस्थित नेपाली दूतावासको पहिलो कार्यवाहक राजदूत ईश्वरीराज पाण्डे थिए । पाण्डेपछि केदारप्रसाद कोइराला र विश्वेश्वरप्रसाद रिमाल इरानका कार्यवाहक राजदूत भए ।

तर सन् सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भएसँगै त्यहाँको राजतन्त्र ढल्यो। राजतन्त्रको पतनसँगै इरानसँग नेपाल टाढियो । त्यसपछि सन् १९८१ मा इरानमा रहेको नेपाली दूताावस पनि बन्द हुन पुग्यो ।

इस्लामिक क्रान्तिपछि राजतन्त्र ढल्नु र राजनीतिक परिस्थित जटिल हुनुलाई राजदूतावास बन्दको कारणका रुपमा नेपालले ब्याख्या गर्ने गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ४७ बजे

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को