विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री « Khabarhub

विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको बताएका छन् । 

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रु उनले यस्ताे बताएका हुन् । उपप्रधानमन्त्री सिंहले सुरूङ मार्गकाे ब्रेक थ्रुपछि सो क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गरे । 

त्यस्तै उनले अहिलेको सरकारको मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेको बताए । राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको उनको भनाई थियो । 

‘योजनाहरू राम्रो भए पनि राजनीति स्थिरता नहुँदा काम समयमा नसकिने र काममा व्यवधानहरू आउने कारणले गर्दा अहिले राष्ट्रियराजनीतिको आवश्यकताअनुसार कांग्रेस, एमाले र अरू साना दल मिलेर सरकार बनेको छ ।' उपप्रधानमन्त्री सिंहले भने, ‘दुई ठुला दल नमिली राजनीति स्थायित्व दिन सम्भव नभएको कारणले गर्दा राष्ट्रिय आवश्यकता अनुसार अहिले संयुक्त सरकार बनेको छ ।´ 

उपप्रधानमन्त्री सिंहले विकास निर्माणको काममा जनताको सहभागिता र स्वीकार्यता आवश्यक पर्नेमा पनि जोड दिए । 

यसअघिका सरकारले गर्न नसकेका कामलाई वर्तमान सरकारले अघि बढाउने पनि सिंहले बताए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ४३ बजे

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा एक लाख ८७ हजार

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल